
असार ११ काठमाडौ । सरकारले तीब्र जनदबाबपछि पेट्रोलियम पदार्थको मूल्यमा केही रकम घटाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ घटाएकाे जानकारी दिए ।

उनका अनुसार पेट्रोलमा १९९ बाट घटाएर १७९ रुपैयाँ कायम गरिएको छ भने डिजेलमा २९ रुपैया घटाइएको छ । अब डिजेल १६३ रुपैयाँ कायम गरिएकाे छ ।
कर घटाएर पेट्रोलियम पदार्थकाे मूल्य घटाइएकाे मन्त्री बडुले पत्रकार सम्मेलनमा बताए ।
सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।