सिट बाँडफाँट आज टुंग्याउने सत्ता गठबन्धनको तयारी

काठमाडौं १५ भदौ । सत्ता गठबन्धनका नेताहरुले प्रतिनिधि सभाको सिट बाँडफाँटलाई आज टुंग्याउने तयारी गरेका छन् ।

सो तयारी अनुसार गठबन्धनमा आबद्ध दलहरुको छुट्टाछुट्टै र संयुक्त बैठक बसिरहेकाे छ ।

अहिले बालुवा‍टारमा नेपाली का‌‌ग्रेस पार्टीकाे पदाधिकारीहरु तथा पुर्वपदाधिकारीहरु सहित नेताहरुसँग बैठक बसिरहेकाे छ ।

गठबन्धनका शीर्ष नेताहरुको बैठक आज ५ बजे बोलाइएको छ ।

गठबन्धन दलका एक नेताका अनुसार , ‘प्रतिनिधि सभामा कुन दलले कति सीट प्राप्त गर्ने भन्ने कुरा आजको बैठकबाट टुंगिने सम्भावना छ ।’