नेपाल विश्व आइस हक्की सङ्घको बैठकमा सहभागी हुने

जेठ ९, काठमाडौँ । नेपाल आइस हक्की सङ्घका अध्यक्ष भुवन पाठकको नेतृत्वमा एक प्रतिनिधिमण्डल विश्व आइस हक्की सङ्घको फिनल्याण्डमा यही जेठ ११ देखि १६ गतेसम्म हुने बैठकमा भाग लिन मङ्गलबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।

उक्त बैठकमा अध्यक्ष पाठकले नेपालले त्यस क्षेत्रमा गरेका प्रगतिका साथै आगामी दिनमा गर्ने कार्ययोजनाबारे जानकारी गराउनु हुने छ ।

बैठकमा ७८ देशका प्रतिनिधि सहभागी हुने बताइएको छ ।

प्रतिनिधिमण्डलले नर्वे र डेनमार्कस्थित आइस हक्की सङ्घका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम छ । उक्त प्रतिनिधिमण्डल यही जेठ २० गते स्वदेश फर्कने छ । रासस