चिरिबाबुले बनाए११ हजार बढीको मतान्तर

जेठ ७, काठमाडौं । ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ । 
जसमा चिरीबाबु महर्जनले मेयरमा २७६९४ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाएका छन् । चिरिबाबुले ११ हजार बढीको मतान्तरका साथ अग्रता बनाइरहेका छन् ।

त्यस्तै उपमेयरमा माओवादी केन्द्रका बाबु राज बज्रचार्यले १०४३६ मत पाएका छन् भने   एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १५५९२  मत पाएकी छन् । हालसम्म ललितपुरमा ५० हजार बढी मतगणना भइसकेको छ ।