भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो ।
अहिले प्रतिनिधिसभा र प्रदेशसभा (१) को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ ।
यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ । कूल एक लाख २३ हजार तीन सय ७९ मतदातामध्ये ६२ हजार एक सय ८१ जना मतदाताले मतदान गरेका गरेका छन् ।
यहाँका नौ वडा स्थानीय तहका ८७ वटा मतदानस्थलको एक सय ५७ मतदान केन्द्रमा सौहाद्र्रपूर्ण वातावरणमा मतदान सम्पन्न भएको थियो ।