प्रधानमन्त्री देउवाको अग्रता कायमै

डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ ।

उहाँलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहनुभएको छ ।

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय ३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले पाँच सय २७ मत प्राप्त गर्नुभएको छ ।