२४० स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

जेठ ३, काठमाडौँ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो अपडेट अनुसार २४० पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ ।

अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली काँग्रेसले १०९, नेकपा एमालेले ६५, नेकपा माओवादी केन्द्रले ५२, नेकपा एकीकृत समाजवादीले ४ र जनता समाजवादी पार्टीले २ र निर्विरोध तथा अन्य पार्टीले ८ स्थानमा जितेका छन् ।

परिणाम अनुसार काँग्रेसले २०५ स्थानमा अग्रता लिएको छ भने एमालेले १२१ स्थानमा अग्रता लिएको छ ।

त्यस्तै, माओवादी केन्द्रले ६४, नेकपा एकीकृत समाजवादीले १८ र जसपाले २७ स्थानमा अग्रता बनाएका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी ११ र अन्य २० ठाउँमा अगाडि छन् ।