कार्यव्यवस्था परामर्श समितिको बैठक आज

जेठ ३, काठमाडौँ। प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

आज दिउँसो २:३० बजे नयाँ बस्ने गरी समितिको बैठक आह्वान गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठक बानेश्वरस्थित संघीय संसद् भवनको शङ्कर हलमा बस्ने जनाइएको छ

आजै अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरिएको छ ।