रोमाञ्चक जित निकाल्दै दोस्रो स्थानमा उक्लियो बार्सिलोना

बैशाख १९, काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । घरेलु टोली बार्सिलोनाले मालोर्काविरुद्ध २–१ को जित निकालेको हो । 

यो जितसँगै ऊ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपाए र सर्जियो बुस्केट्सले एक/एक गोल गरे ।

यो जितसँगै बार्सिलोनाले ३४ खेलमा ६६ अंक जोड्दा पराजित मालोर्का समान खेलबाट ३२ अंकका साथ १६ औं  स्थानमा छ