नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

बैशाख १९, काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दर्ज्यानी चिन्ह लगाएका छन्।

गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंह र अर्यालले दर्ज्यानी चिन्ह लगाएका हुन्। 

उनिहरुलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए।

सरकारले आईतवार प्रहरी महानिरीक्षकको बढुवा गरेको थियो।