काठमाडौं महानगरबासीलाई सिर्जनाका सात संकल्प

बैशाख १५, काठमाडौं- काठमाडौं महागरपालिकाको मेयर उम्मेदवार सिर्जना सिंहले आफ्नो सात ‘स’ को संकल्प सार्वजनिक गरेकी छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जननाले काठमाडौं महानगरपालिकालाई आगामी पाँच वर्षमा कस्तो बनाउने भन्‍ने रोडम्यापका लागि सात ‘स’ को संकल्प गरेकी हुन्। 

बिहीबार कार्की ब्यांकेटबाट घोषणापत्र सार्वजनिक गर्दै मेयर उम्मेदवार सिंहले ‘७ सको संकल्प’ सार्वजनिक गरेकी हुन्। 

उनले आफ्नो सात ‘स’ अन्तर्गत महानगरमा सेवा र सुशास दिलाउने, स्वास्थ्य र सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर, दीगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार र स्वालम्बी महिला, सबल युवा र सिर्जनशील महानगरबासी बनाउने संकल्प गरेकी छन्। 

उनले भ्रष्टाचारमुक्त महानगर बनाउने प्रतिबद्धतासमेत गरेकी छन्। फोहोर कम गर्न’जिरो वेस्ट म्यानेजमेन्ट’ नीति कार्यान्वयनमा ल्याइने उनले बताइन्। राजधानीका बाटोघाटो नदीनालामा  आफ्नो मुख्य चासो  रहेको उनले  बताइन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सिर्जनाको जित भनेको सम्पूर्ण महिलाहरुको जित र महानगरबासीको जित भएको बताएका छन्। उनले भने, ‘महानगरमा अब मनोरञ्‍जन आवश्यक छैन। स्थापितको गेम इज ओभर।’

यी हुन संकल्पहरु:

१. सेवा र सुशासन 

– महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही  चलाउने संकल्प गर्दछु।   

– भ्रष्ट्राचार मुक्त, चुस्त सेवा प्रवाह गर्ने उत्कृस्ट पालिकाको रुपमा काठमाडौं महानगरलाई स्थापित गर्नेछु।

– संघीय सरकार, प्रदेश सरकार, अन्य पालिका, निजी क्षेत्र, गैरसरकारी संघसंस्था र समुदायसंग साझेदारी गर्दै महानगरको लक्ष्य प्राप्तिका लागि काम गर्नेछु। 

२.   स्वास्थ्य, शिक्षा, तथा सामाजिक सुरक्षा

– शिक्षा र सिकाइको गुणस्तरमा वृद्धि गर्दै सुलभ र सबैको पहुंचयुक्त बनाउनेछु।

– महानगरीय स्वास्थ्य प्रणालीको विकास गरी सबै वडाहरुमा रोकथाम, परिक्षण, उपचार र पुनस्र्थापना सहितको ‘शहरी स्वास्थ्य प्रवर्धन केन्द्र’ को स्थापना र विशेषज्ञ सेवासहितको महानगरिय अस्पतालको संचालन गर्नेछु।

– ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति बिपन्न लगायत विशेष समुहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउनेछु।

३.  स्वच्छ, सफा, दिगो पर्यावरण 

– काठमाडौं महानगरलाई श्भचय ध्बकतभ नगरपालिका बनाउनेछु।

– पिउन योग्य पानी, श्वाश फेर्न योग्य हावाका लागि आवश्यक कानुनी, संस्थागत र संरचनागत व्यवस्था गर्नेछु। 

– सार्वजनिक, खुला स्थान, पार्क, वन, हिटी, इनार, पोखरी, बहाः, फल्चाः आदिको संरक्षण, पुनस्थापना तथा विस्तार गर्नेछु। 

४. सुरक्षित सहर 

– महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत सम्पूर्णले सुरक्षित अनुभव गर्न सक्ने र हिंडडुल गर्न सक्ने सहरको निर्माण गर्नेछु।

– विपत थेग्न सक्ने क्षमतायुक्त सहरको निर्माणको लागि काम गर्नेछु।

५. संस्कृति, सम्पदा, र सभ्यता  

– मौलिक ज्ञान, भाषा, जात्रा, बाजा–गाजा, चाड–पर्व, मेला, ग्रन्थ, पेशालाई समुदायको अपनत्व र संलग्नतामा सम्वर्धन तथा संरक्षण गर्दै महानगरको संस्कृतिलाई पर्यटनसंग जोड्नेछु।

– गुठी प्रणालीको प्रवर्धन, संरक्षण गर्दै दिगो विकासका लागि प्रतिवद्ध रही कार्य गर्नेछु।

६. सबल र समुन्नत पुर्वाधार

– सहज रुपमा हिंडडुल गर्ने पुर्वाधारको निर्माण गरि पैदलयात्री केन्द्रित सहरका रुपमा महानगरलाई बिकास गर्नेछु।

– महानगर क्षेत्रभित्र सबैखालका पूर्वाधारको निर्माणमा मौलिक ज्ञान, प्रबिधि र सामग्रीको प्रयोगका लागि प्रेरित गर्नेछु।

– महानगरको कार्यक्षेत्रभित्र पर्ने सम्पुर्ण पुर्वाधार निर्माण र विस्तारको कार्य गुणस्तरीय रुपमा समयमै सम्पन्न गर्ने तथा मर्मत सम्भारका लागि अविलम्ब कार्य गर्न सक्नेगरि संस्थागत क्षमताको विकास गर्नेछु।  

७. सबल युवा, स्वावलम्बी महिला, सृजनशील महानगरबासी 

– युवाका लागि अवसर, महिलाको सशक्तिकरण र सम्पूर्ण महानगरवासीको सृजनशीलता अभिवृद्धि गर्नका लागि आवश्यक पहलकदमी लिनेछु।  

– उद्यमशीलताको विकासका लागि आवश्यक व्यवस्थापन तथा सहजीकरण गर्नेछु।