प्रचण्डले पत्रकार सम्मेलन गर्दै

बैशाख १२, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पत्रकार सम्मेलन गर्दै छन् ।

पेरिसडाँडामा दिउँसो १२ बजे हुने पत्रकार सम्मेलनमा उनले स्थानीय तह निर्वाचनको तयारी र गठबन्धन भित्रको समझदारीबारे आफ्ना भनाइ राख्ने छन् ।

माओवादी केन्द्रले स्थानीय चुनावभर प्रत्येक सोमबार पत्रकार सम्मेलन आयोजना गर्ने बताएको छ।प्रचण्डले अघिल्लो सोमबार पनि पत्रकार सम्मेलन गरेका थिए ।