बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

चैत २२, काठमाडौं । सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ ।

स्थानीय तह चुनावको रणनीति तय गर्न केन्द्रित आजको बैठकमा चुनावी तालमेलबारे छलफल सुरु भएको छ ।

गठबन्धनको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवा चोभारस्थित सुख्खा बन्दरगाहको उद्घाटन गर्न जाने कार्यक्रम रहको छ ।

आजै निर्वाचन आयोगले चुनावमा सहभागी हुने दलहरुलाई छलफलका लागि बोलाएको छ ।