७३ साना दललाई उनीहरूकै चिन्हमा चुनाव लड्न दिने आयोगको निर्णय

चैत्र १३, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरूको आफ्नै दलको चिन्हमा चुनाव लड्न दिने निर्णय गरेको छ ।

आइतबार साँझ आयोगको बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरूको सङ्गठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो ।