महराका स्वकीय सचिव शर्माले गरे पार्टी परित्यागको घोषणा

चैत्र ८, काठमाडौँ । नेकपा माओवादी केन्द्र घोराही उपमहानगर कमिटीका अध्यक्ष प्रमोद शर्माले पार्टी त्यागेको घोषणा गरेका छन् । शर्मा पूर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव हुन् ।

उनले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पद त्यागेको घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु ।’

उनले अबदेखि एक स्वतन्त्र नागरिकको रूपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने बताएका छन् ।