नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दै

चैत १ , काठमाडौं। नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो ३ बजे बस्ने तय भएको बैठकमा स्थानीय तहको निर्वाचनको तयारीलगायत समसामहिक विषयमा छलफल हुने जनाईएको छ ।

आजको बैठकमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको आह्वान गर्ने एमालेको तयारीको बारेमा समेत छलफल हुने जनाइएको छ ।

सोमबार बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकले केन्द्रीय कमिटी बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्द्रित कार्ययोजना बनाउने विषयमा छलफल गरेको थियो।