एमसीसी सम्झौता संसदबाट पारित (फोटोफिचर)

फागुन १५, काठमाडौं । प्रनिनिधि सभाबाट एमसीसी सम्झौता पारित भएको छ ।

सम्झौतालाई सभामुख अग्निप्रसाद सापकोटाले ध्वनी मतका साथ पास गरेका हुन् । यसका साथै व्याख्यात्मक प्रस्ताव अनुमोदन भएको उनले घोषणा गरे ।

प्रनिनिधि सभाको बैठक फागुन १८ गते बस्ने भएको छ ।  आइतबार दुईवटा बैठक बसेको थियो ।

दोस्रो बैठकले अमेरिकी सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र त्यसमाथिको व्याख्यात्मक घोषणा अनुमोदन गरेको थियो ।

सभामुख सापकोटाले आगामी बैठक १८ गते दिउँसो १ बजेका लागि बोलाएका हुन् ।