प्रतिनिधिसभाको दोस्रो बैठक शुरु

फागुन १५, काठमाडौं । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिससी) बीच भएको अनुदान सहायता सम्झौताको व्याख्यात्मक घोषणा प्रस्तुत गरेका छन् ।

बैठकअघि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद् बैठकले व्याख्यात्मक घोषणा स्वीकृत गरेको थियो ।