आइपिएल मेगा अक्सन आज

माघ २९, काठमाडौं । नेपालका कप्तान सन्दीप लामिछानेले अक्सनमा आफ्नो न्यूनतम मूल्य ६४ लाख नेपाली रुपैयाँ (४० लाख ) भारु तोकेका छन् ।

अक्सनमा ३ सय ७८ भारतीय र २ सय २२ विदेशी खेलाडी रहेका छन् । एसोसिएट देशबाट ७ खेलाडी छन् । अक्सनमा एक टोलीले बढीमा २५ र कम्तिमा १८ खेलाडी किन्नुपर्ने हुन्छ । एक टोलीले ९० करोड भन्दा बढी खर्चिन पाउने छैनन् । ८ मात्र विदेशी खेलाडी हुनेछन् । यस सिजनदेखि दुई नयाँ फ्रेन्चाइज टोली गुजरात टाइटन्स र लखनऊ सुपर जायन्ट थपिएका छन् ।

अक्सनमा खर्च गर्न पाउने सर्वाधिक रकम पन्जाब किंग्ससँग छ । दुई खेलाडी मात्र रिटेन गरेको पन्जाबसँग ७२ करोड भारु खर्चिन पाउनेछ । चेन्नई सुपर किंग्सले ४८ करोड, दिल्ली क्यापिटल्सले ४७ करोड ५० लाख र कोलकता नाइट राइडर्ससँग ४८ करोड भारु अक्सनमा खर्च गर्न पाउने रकम छ ।

त्यस्तै लोकेश राहुलको कप्तानीमा रहेको लखनऊसँग ५९ करोड, मुम्बईसँग ४८ करोड, राजस्थानसँग ६२ करोड र बेंगलोरसँग ५७ करोड भारु अक्सनमा खर्चिन पाउनेछन् । हैदराबादले ६८ करोड भारु र गुजराट टाइटन्सले ५२ करोड खर्चिन पाउनेछन् ।