एसइई परीक्षा वैशाख ९ गतेदेखि हुने

माघ २६, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) वैशाख ९ गतेदेखि हुने भएको छ ।

आज (बुधबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसइई परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ ।

परीक्षाको समयतालिका भने भोलि (बिहीबार)को गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।