प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

माघ २३, काठमाडौँ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता सुरु भएको छ।

स्थानीय तह निर्वाचनको मिति, एमसिसीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे आज (आइतबार) अपराह्न उनीहरू भेटवार्तामा जुटेका हुन् ।

प्रधानमन्त्री देउवाले आज प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओलीलाई बालुवाटार बोलाएका थिए। भेटवार्तामा प्रचण्ड पनि सहभागी छन् ।