टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण

टर्कीका राष्ट्रपतिलाई कोरोना संक्रमण भएको छ ।

टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानलाई कोरोना संक्रमण भएको उहाँले जानकारी दिनुभएको हो । उहाँले आफ्नो कोरोना भाइरसको पोजेटिभ रिपोर्ट आएको ट्वीट गरेर जानकारी दिनुभएको छ ।

शनिबार ट्वीट गरेर उहाँले आफूलाई कोरोना भाइरसको पछिल्लो भेरियन्ट ओमिक्रोनेको संक्रमण भएको पनि बताउनुभएको हो ।

उहाँले आफू र आफ्नो परिवार संक्रमित भएको भन्दै अबका केही समय घरबाटै कार्यालयको काम गर्ने बताउनुभएको छ । त्यस्तै यहाँको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार टर्कीमा पछिल्लो समयमा कोरोनाको ओमिक्रोन भेरियन्ट बढ्दै गएको छ ।

यहाँ गत जनवरी महिनाको पहिलो साताको तुलनामा अहिले कोभिड संक्रमण झण्डै दोब्बर भएको बताइएको छ ।यहाँ गएका चार दिनदेखि एक लाख जनाभन्दा बढीमा कोभिड संक्रमण देखिएको समाचारमा जनाइएको छ ।

रासस