कंगोमा विद्रोही समूहसँग भएको भिडन्तमा परी कम्तीमा पनि ३३ जना सैनिक मारिएका छन् ।यहाँका मार्च २३ नामक एक अभियानका विद्रोही र कंगोको राष्ट्रिय सेनाका बीचमा उत्तरपूर्वी क्षेत्रमा भिडन्त भएको थियो । त्यस भिडन्तमा परेर गएको मंगलबारदेखि बिहीबारसम्म ती सैनिक मारिएका कंगोको सेनाको स्रोतले जानकारी दिएको छ ।यहाँका उत्तरपूर्वी किभु प्रान्तको रितसारु क्षेत्रमा यस्तो भिडन्त भएको थियो । सो भिडन्तका क्रममा उक्त विद्रोही समूहकाबीच पनि केही हताहत भएको अनुमान गरिएको छ । यता सेनातर्फ भने एकजना बटालियन कमाण्डर कर्णेलको पनि ज्यान गएको बताइएको छ । त्यसक्रममा यहाँको सेना र केही विद्रोहीहरु घाइते भएका छन् । कंगोली सैनिकले केही दिनयतादेखि यहाँ भिडन्त भएको बताएका छन् । रासस/सिन्हा
कंगोमा विद्रोहीसँगको भिडन्तमा ३३ सैनिक मारिए

ट्रेन्डिङ
-
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि -
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि -
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
सम्बन्धित समाचार
तीन चरणमा रेल सेवा चल्ने
४ महिना अगाडि
भोजपुरमा मतगणना सुरु
४ महिना अगाडि
प्रधानमन्त्री देउवाको अग्रता कायमै
४ महिना अगाडि
रौतहट–१ को मतगणना सुरु
४ महिना अगाडि
कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?
६ महिना अगाडि
For Advertisement:
[email protected]
सूचना विभाग दर्ता नं.
९४/०७३-७४
- [email protected]
- 9800000000
- अनामनगर, काठमाडौं ।
सामाजिक संजाल
- Youtube