शियोमारा कास्त्रा बनिन होन्डुरसको पहिलो महिला राष्ट्रपति

माघ १४, काठमाडौं । मध्य अमेरिकी राष्ट होण्डुरसमा शियोमारा कास्त्रा देशको पहिलो महिला राष्ट्रपति बनेकी छन् । लिब्रे पार्टीकी ६२ वर्षया कास्त्रोले होण्डुरसमा समस्याका रुपमा रहेका लागुऔषध तस्करी गर्ने शक्तिशाली समूहसँग लड्ने तथा गर्भपतन सम्बन्धी कानुनलाई खुकुलो बनाउने प्रतिबद्धता जनाएकी छन् । गरिबी अन्त्यको योजनामा राजनीतिक संकटले चुनौती थपिरहेका बेला कास्त्रोले शपथ लिएकी छन् ।

शपथ समारोहमा वामपन्थी नेतृ समेत रहेकी उनले विभाजित र समस्याग्रस्त अवस्थामा रहेका बेला देशको नेतृत्व गर्न लागेको बताउँदै सामाजिक न्याय र पारदर्शितासहित काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।