सुदूरपश्चिममा पहिलोपटक ओमिक्रोन संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओकिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।