पछिल्लो २४ घण्टामा १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि

माघ ६ काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेस्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेस्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।