त्रिविका परिक्षामा कोभिड प्रोटोकल पालना भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन

माघ ६ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परिक्षाहरुमा सामाजिक दूरि कायम भए/नभएको र परिक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन् ।

आज प्रधानमन्त्रीले त्रिविका परिक्षा संचालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड प्रोटोकल पालना नभए केही हप्ता परिक्षा स्थगित गराउन निर्देशन गरेका हुन ।
मुख्यसचिव शंकरदाश बैरागी मार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परिक्षामा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन गरेका छन् ।

प्रधानमन्त्रीले परिक्षा हलमा सामाजिक दूरि कामय नगरेको र स्यानेटाईजर एथेष्टमात्रामा नभएको पाइएका केही हप्ता परिक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन पनि मुख्यसचिवलाई निर्देशन गरेका छन् ।