खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

माघ ६, काठमाडौँ । आन्तरिक हवाई उडान प्रभावित भएका छन् । 

मौसममा खराबी आएकाले बिहानको समयका उडान प्रभावित भएका हुन् । काठमाडौँ, पोखरा, नेपालगन्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु भिजिबिलिटीका कम भएको कारण बन्द भएका छन् । 

पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम, कर्णालीलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । साथै पश्चिम र पूर्वी तराईमा हुस्सु र कुहिरो लागेको छ ।