कोरोनाविरुद्ध बुस्टर डोज आजदेखि

माघ २, काठमाडौं । सरकारले अग्रपंक्तिमा खटिनेहरू​लाई आज देखि कोरोना भाइरस (कोभिड १९) विरुद्ध बुस्टर डोज खोप दिइने भएको छ । स्वास्थ्यकर्मी र कर्मचारी, सबै सुरक्षाकर्मी, सञ्चारकर्मी, सार्वजनिक फोहर संकलक, सरसफाइकर्मी, एम्बुलेन्स तथा शव वाहन चालक, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिने कर्मचारीहरू​लाई सरकारले बुस्टर डोज खोप दिनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार प्रदेशका स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयहरूलाई पत्र लेखेर आज देखि अग्रपंक्तिमा खटिनेहरुलाई बुस्टर डोज आग्रह गरेको थियो । मन्त्रालयका अनुसार ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई माघ १४ गतेदेखि बुस्टर डोज दिइनेछ । सरकारले खोप कार्ड लगेर नजिकैको खोप केन्द्रमा गइ बुस्टर डोज लगाउन भनेको छ ।