उपत्यकामा शुक्रवार थपिए २६०७ जना संक्रमित

३० पुस, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार २६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी कुल २६०७ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् ।

पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा  ५०८७ जना संक्रमण पृष्टि भएको छ ।