मन्त्री निवासमा पार्क बनाउने सरकारको तयारी छः मन्त्री झाक्री

पुस ३०,काठमाडौँ । सरकारले पुल्चोकमा रहेको मन्त्री निवासमा पार्क बनाउने तयारी गरेको छ।

भैंसेपाटीमा बन्दै गरेको मन्त्री निवासले पूर्णता पाएपछि पुल्चोकको मन्त्री निवास र त्यस वरपरका सरकारी कार्यालयलाई मिलाएर संरक्षण सहितको खुला ठाउँ बनाइने सहरी विकास मन्त्री झाक्रीले बताइन्।

आजको मन्त्री निवास र कृषि विभागलाई खुला बनाएर त्यहाँ खुला क्षेत्र या पार्क निर्माण गर्ने र त्यहाँ रहेका विभागहरूलाई वन विभाग परिसरमा ल्याउने हाम्रो योजना छ, काठमाडौंमा संकट परेको बेलामा टुँडीखेलमा बाहेक एक हजार मान्छे अट्ने ठाँउ नभएकाले हामीले अन्य ठाउँमा समेत पार्क बनाउन लागेक उनले बताइन् ।

यसअघि सरकारले हाल मन्त्री क्वाटर रहेको पुल्चोकमा स्टेट गेस्ट हाउस बनाउने निर्णय गरेको थियो। विदेशी पाहुना आएका बेला होटलमा नराखेर यस्तो गेस्ट हाउसमा राख्ने सरकारको तर्क थियो।लैनचौर वरपर, नयाँ बानेश्वर, मिनभवन वरपर नापी विभागलाई समेत समेटेर खुला क्षेत्र बनाउने सरकारको योजना रहेको उनले बताएकी छिन्। पार्क बनाउने ठाउँमा रहेका सरकारी कार्यालयलाई बबरमहलमा रहेको वन विभाग परिसरमा सारेर सरकारी कार्यालयहरूको हब बनाउने योजना रहेको उनले बताइन्।