प्रिन्स दाहाललाई प्रधानमन्त्रीको बधाई

पुस २९,काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले जुनियर विश्व ब्याडमिन्टन वरीयताको शीर्ष स्थानमा पुग्दै इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई बधाई दिएका छन् । प्रधानमन्त्रीले इतिहास रचेका नेपाली ब्याडमिन्टन स्टार प्रिन्स दाहाललाई फेसबुकमार्फत् बधाई दिएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु