पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगे राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र(फोटोफिचर)

पुस २७ काठमाडौं । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा पुर्व राजा ज्ञानेन्द्र शाह माल्यार्पण गर्न पगेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पनि माल्यार्पण गर्न सिंहदरबारको पश्चिम गेट अगाडी पुगेकी थिइन । विभिन्न राजनीतिक दलका नेता तथा मन्त्रीसहित सरकार कर्मचारी पनि माल्यार्पण कार्यक्रममा सहभागी भएका छन्