आजको मौसम

पुस २७, काठमाडौ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ र बामकी स्थानहरूमा आंशिक बदली रहेको छ।

मंगलबार देशभर आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश , कर्णाली प्रदेश तथा प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ ।