बैंकमा तरलता समस्या सहज बन्द

पुस २६, काठमाडौं । पछिल्ले एक सातामा वाणिज्य बैंकहरुमा ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । लगानी योग्य रकम समस्याले निकै अप्ठेरो स्थिति खेपिरहेका बैंकहरुका लागि यो निकै ठूलो राहत हो । ऋण प्रवाह धेरै हुने र निक्षेप संकलन एकदमै कम हुँदा बैंकहरुले तरलता समस्याको चर्को अभाव झेलिरहेका थिए ।

अर्थमन्त्रालयले स्थानीय तहरुको बैंकमा रहेको मौज्दातको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न दिने निर्णय गरेको छ । यो कार्यान्वयनमा समेत आइसकेकाले अहिले निक्षेप बढेको हो ।

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघका अनुसार एक सातामा ५८ अर्ब रुपैयाँ निक्षेप थपिँदा ९ अर्ब रुपैयाँमात्रै कर्जा प्रवाह भएको छ ।

अहिले पुनरकर्जा पनि धेरै गएकाले यसले पनि तरलतामा सहज बनाएको प्रवक्ता भट्ट बताउँछन् । ‘तरलताको समस्या कति छ भनेर हेरिने एउटा मुख्य विषय अन्तर बैंक ब्याजदर हो,’ उनले भने, ‘अहिले अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट ३ प्रतिशतमा झरेको छ । यो भनेको धेरै सहज भएको छ ।’