भारतले लिपुलेकमा गरेको सडक विस्तारको काममा जनमोर्चाको विरोध

पुस २५, काठमाडौं । राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको काम जारी राखेको भन्दै विरोध जनाएको छ ।

नेपाल सरकारलाई तुरुन्तै भारतसँग लिपुलेक क्षेत्रमा भारतले सडक विस्तारको विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न जनमोर्चाको माग छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गर्दै मोदीको यो अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निर्माण कार्य रोक्न माग गरेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैंले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्‍याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए ।