बेस्ट फिफा अवार्डको मनोनयन

२४ पुस, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने दी बेस्ट फिफा अवार्डको मनोनयन सार्वजनिक भएको छ । फिफाले शुक्रबार बेस्ट फिफा अवार्डअन्तर्गत उत्कृष्ट खेलाडी,  उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधामा अन्तिम तीनमा पर्न सफल खेलाडी र प्रशिक्षकको सूची  सार्वजनिक गरेको हो । फिफाले सबै अवार्डको विजेताको नाम यही जनवरी १७ मा घोषणा गर्ने जनाएको छ ।

बेस्ट अवार्डको लागि महिलातर्फ साम केर, जेनिफर हेर्मोसो र एलेक्सिया पुटेलास छन् भने बेस्ट अवार्ड पुरुषतर्फ अन्तिम तीनमा २०२० का विजेता रोबर्ट लेवान्डोस्कीसहित लिओनल मेस्मी र मोहम्मद सालाह परेका छन् ।

वर्ष महिला प्रशिक्षकतर्फ लुइस कोर्टेस, एम्मा हाएस र सरिना विग्मान रहेका छन् भने पुरुष प्रशिक्षकको अन्तिम मनोनयनमा पेप ग्वार्डीवाला, रोबर्टो मान्सिनी र थोमस टुचेल रहेका छन् ।

वर्ष गोलकिपर अवार्डका लागि म्यानुएल नुएर , जियानलुजी डोनारुम्मा र इडुवार्ड मेन्डी छन् ।

वर्ष उत्कृष्ट गोल पुस्कास अवार्डका लागि मेहदी तारेमी , एरिक लामेला र प्याट्रिक सिक शीर्ष तीनमा छन् ।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्नेगर्छ ।