सुरक्षा समितिका पदाधिकारीसँग गृह मन्त्रीद्वारा छलफल

पुस २२ काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले केन्द्रीय सुरक्षा समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन्। उनले समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षाका चुनौतीका विषयमा छलफल गरेका हुन्।

बैठकमा राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत अद्यावधिक छलफल भएको बताइएको छ । साथै राष्ट्रिय सभाको निर्वाचन तथा आसन्न स्थानीय निर्वाचनमा गरिने सुरक्षा तयारीको विषयमा समेत छलफल भएको सहभागी एक अधिकारीले बताएका छन् ।