पशुपति क्षेत्रमा तीजको रौनक (तस्बिरहरू)

हिन्दु नेपाली महिलाहरुको चाड हरितालिका तीजको दिन देशभरका महादेव मन्दिरमा भक्तजनको भिड लागेको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनार्थीको बिहान तीन बजेदेखि नै भीड लागेको छ । दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान सवा तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

हेर्नुहोस् दर्शनार्थीको भिड :-