वर्षमान पुन दम्पती आज नेपाल फर्कदै

काठमाडौं, पुस २० । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले अध्यक्षमा पुनः पुष्पकमल दाहाललाई निर्विरोध निर्वाचित गरेपनि अन्य पदाधिकारी भने चयन गर्न सकेको छैन् ।

ललितपुरको सानेपामा सोमबार बसेको बैठकमा नेता नारायणकाजी श्रेष्ठले दाहाललाई अध्यक्षमा प्रस्ताव गरेका थिए । अध्यक्षमा दाहाल निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी भने बैठकले चयन गर्न सकेन ।

माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष दाहालले चीनमा उपचाररत नेता वर्षमान पुन र ओनसरी घर्तीको समेत सहभागितामा पदाधिकारी टुंगो लगाउनु उचित हुने धारणा राखेपछि सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न सकेन । पुनः र घर्तीको समेत सहभागितामा २५ पुसको बैठकबाट पदाधिकारी टुंगो लगाउने उनले बताए । पुनः आज मंगलबार नेपाल फर्किंदै छन् ।

माओवादी नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समितिको अर्को बैठक २५ पुसमा बस्नेछ । सो बैठकबाट अन्य पदाधिकारी र बाँकी केन्द्रीय सदस्यको टुंगो लाग्ने उनले बताए । माओवादी स्रोतका अनुसार पदाधिकारीका आकांक्षी बढी भएपछि सर्वसम्मत हुन नसकेको हो ।

माओवादी विधानअनुसार १५ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति गठन हुन्छ । तर, महाधिवेशनमा दाहालले २ सय ९९ सय केन्द्रीय सदस्यमध्ये २ सय ३६ जनाको नाम प्रस्ताव गरेपछि बन्दसत्रले पारित गरेको थियो ।

माओवादीको विधानअनुसार अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष निर्वाचित हुनेछन् ।

बैठकमा आठौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यो मेरा लागि अन्तिम अवसरस् दाहाल
अध्यक्ष निर्वाचित दाहालले फेरि आफ्नो काँधमा निकै ठूलो भारी आएको बताएका छन् । केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘देश र जनताको सेवा गर्ने मेरा लागि अन्तिम अवसर र चुनौती पनि हो । अब उमेर पनि भयो । आज यो जिम्मेवारी वहन गर्दै गर्दा गहन बहस उठाउँदै क्रान्तिकारी बाटोबाट जनताको सेवा गर्ने अन्तिम अवसर र चुनौतीका रूपमा लिएको छु ।’

उनले राजनीतिक स्थिरताका लागि केही समय अझै दुःख गर्नुपर्ने बाध्यता रहेको बताए । उनले भने, ‘देशको अवस्था र पार्टी रूपान्तरणको आवश्यकतालाई हेर्दा राजनीतिक स्थिरता र पार्टीलाई सृदृढ बनाउन पार्टीमा दुःख गरेर सक्रिय हुनुपर्ने बाध्यता छ ।’

कतिपयले ‘दाहाल नभए यो पार्टी के होला रु भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले यो प्रश्न नै गलत रहेको बताए । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनले बताए । आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय समितिका सदस्यलाई उनले धन्यवादसमेत दिए ।

को–को छन् पदाधिकारीका दाबेदार रु
अध्यक्षसहित १५ पदाधिकारी केन्द्रीय समितिको बैठकबाट निर्वाचित हुनेछन् । पहिलो प्राथमिकता सर्वसम्मत हो । सर्वसम्मत हुन नसकेको अवस्थामा निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्छ । तर, निर्वाचन भए मतदाता केन्द्रीय सदस्य मात्रै हुन्छन् ।

यस्तै, बैठकले पदाधिकारीका साथै स्थायी समिति, पोलिटब्युरो समेत चयन गर्नुपर्ने हुन्छ । बैठकले अध्यक्ष मात्रै टुंगो लगायो । अन्य पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो गठनलगायतका काम अब २५ पुसमा बस्ने बैठकबाट मात्रै टुंगिने माओवादी नेता गणेश साहले बताए ।

‘सर्वसम्मत पदाधिकारी टुंगो लगाउने’दयगत दाहाल कमरेड आन्तरिक गृहकार्यमा हुनुहुन्छ । सर्वसम्मत नभएकाले सोमबारको बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको हो । अर्को बैठकबाट बाँकी काम पूरा हुन्छ,’ माओवादी स्रोतले भन्यो ।
माओवादीमा वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ हुने निश्चित छ । उपाध्यक्षमा कृष्णबहादुर महरा, देव गुरुङ, पम्फा भुसाल, मातृका यादव, वर्षमान पुन, जनार्दन शर्मा, गणेश साह हुने चर्चा छ । #राजधानी दैनिक