संकटा र च्यासलको बराबरी

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित निकाल्न सकेन । उनी बिहीबार लिगकै लागि जापानबाट काठमाडौं आएका थिए ।

उनी बिहीबारदेखि नै टोलीको प्रशिक्षणमा सामेल भएका थिए । प्रतिस्पर्धात्मक बनेको खेलका दुवै टोलीले केही सुवर्ण अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा टुंगियो ।

७५औं मिनेटमा निरज बस्नेतले गोलरक्षक प्रदीप भण्डारीर्ला बिट गर्दै गरेको प्रहार सागर थापाले गोललाइनबाट क्लियर गर्दै च्यासलको संकट टारे । दोस्रो हाफको अन्त्यतिर संकटाले च्यासलाई दवावमा राखेपनि गोल गर्न सकेन । च्यासलको रक्षापङ्ति निकै व्यस्त बनेका थिए ।

बराबरीसँगै संकटा ७ खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा रहँदा दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । च्यासल ७ खेलबाट ५ अंक जोडेर रेलिगेसन जोनको १३औं स्थानमा रहेको छ ।