कांग्रेस नेता शेखर पक्षको चियापानमा को-को पुगे?

नेपाली कांग्रेसको संस्थापनइतर समूहले बिहीबार चियापान कार्यक्रम आयोजना गर्‍यो।

कार्यक्रममा नेता शेखर कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डेलगायत नेता कार्यकर्ता उपस्थित भएका थिए।

बत्तिसपुतलीमा आयोजित चियापानमा संस्थापनइतर समूहका अधिकांश नेताहरू सहभागी थिए।
चियापानमा नेताहरू अर्जुननरसिंह केसी, डा मिनेन्द्र रिजाल, बलबहादुर केसी, चन्द्र भण्डारी, सञ्जय गौतम, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, भूपेन्द्रजंग शाहीलगायत पुगेका थिए।

कांग्रेसका केही जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र प्रतिनिधि सभा र प्रदेश सभातर्फ उम्मेदवारका लागि क्षेत्रीय समितिबाट सिफारिसमा परेकाहरू पनि चियापानमा आएका थिए।