कृष्णनगरका मेयर र तीन वडाध्यक्ष कांग्रेस प्रवेश  

माघ २२ काठमाडौं । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप साह नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। 

मेयर साह  शनिबार एक कार्यक्रमबीच नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।

साहसहित तीन जना वडा अध्यक्ष समेत कांग्रेस प्रवेश गरेका छन्।

साह २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी भएका थिए। 

मेयर साह र तीन वडाध्यक्षसहित झन्डै एक हजार जना नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेको नेपाली कांग्रेश शिवराज नगर सभापति मधु पोखरेलले दाबी गरे। 

मेयर साहले स्वतन्त्र भई काम गर्न कठिनाइ भोगेको बताएका छन्।

केन्द्रदेखि स्थानीय तहसम्म विभिन्न पार्टीका सरकार भएकाले आफू स्वतन्त्र भएर काम गर्न खोज्दा कृष्णनगरको विकासको लागि सहयोग प्राप्त गर्न नसकेको दु:खेसो व्यक्त गरे।

साहले नेपालको विकाशील र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस भएको ठहर गर्दै आफू कांग्रेस प्रवेश गरेको बताए।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं. ३ का सासंद अभिषेक प्रताव शाहले संयुक्त रूपमा स्वागत गरेका थिए।