अफगानिस्तानमा शक्तिशाली भूकम्प

असार ८ काठमाडौँ । पाकिस्तान र अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ रेक्टरस्केलको भूकम्प गएको हो।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार भूकम्प इस्लामबाद र देशका अन्य भागमा महसुस गरिएको छ।

पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ ।
भूकम्प भारतका केही भू-भागमा महसुस गरिएको युरोपेली मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएमएससी)ले जनाएको छ।