संचारमन्त्रीद्धारा हजका लागि नेपाली मुसलमानहरूको  बिदाई

असार ६ काठमाडौं । देशका विभिन्न क्षेत्रबाट धार्मिक तिर्थ यात्रा गर्न साउदी अरबको मक्का मदिनामा हजका लागि जाने नेपाली मुसलमानहरूको सोमबार बिदाई गरिएको छ ।

सरकारका प्रवत्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हजका लागि जाने नेपाली मुसलमानहरूलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगी फुलमाला र खादा लगाई बिदा गरेका हुन् ।

मुस्लिम समुदायमा मक्कामा गएर हज गर्नु जीवनको ठुलो उपलब्धिको रुपमा लिने गरिन्छ । विश्वभरिका मुसलमान आफ्नो जीवनमा एकपल्ट मक्कामा गएर हज गर्ने चाहना राख्दछन् । साउदी अरेबियामा हरेक वर्षको अक्टोबर र नोभेम्बर महिनाको बीचमा विशेष दिन पारेर हज गर्ने गरिन्छ ।

हजका लागि विश्वभरिबाट मुसलमानहरू मक्का पुग्ने गर्दछन । सोमबार प्रस्थान गर्ने १०९जना नेपाली मुसलमानमा सुनसरी, मोरगं र झापाका रहेका छन् । मुस्लिम धर्मावलम्बीहरूलाई हज जीवनमा एक पटक जानै पर्ने तीर्थस्थल मानिन्छ । त्यसैले हज गर्न साउदी अरबमा जान सरकारले हरेक वर्ष रकम खर्च गर्छ ।