आइतबार सार्वजनिक बिदा नदिने सरकारको निर्णय

जेठ २३, काठमाडौँ । सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको छ ।

सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिदै आएको थियो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने निर्णय गरेको हो। यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।