कृषि मन्त्रालयद्वाराले माग्यो ६३ जना कर्मचारी

जेठ १३, काठमाडौँ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एकै पटक ६३ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै करारमा नियुक्त गर्ने गरी अधिकृत र सहायक स्तरका गरी ६३ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयले अधिकृत सातौँ स्तरका मात्र ३० जना ,

सहायक स्तरका पाँचौँ तहका ३३ जना ,

पशु सेवा अधिकृत सातौँ स्तरका २० जना,

कृषि विकास अधिकृत सातौँ स्तरका १० जना,

र पशु स्वास्थ्य प्राविधिक सहायक स्तर पाँचौँका ३३ जना माग गरेको छ ।