नागरिक उड्डयन प्राधिकरणले माग्यो करारमा कर्मचारी

बैशाख १५, काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

करार सेवामा नियुक्तिका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।

रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।

पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।