तनावग्रस्त बानेश्वर , पानीको फोहोरा र अश्रुग्यास

फागुन १५,काठमाडौं। एसमिसीको विरोध गर्दै भएको प्रदर्शनले आज पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। 

राप्रपा, माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपाका भातृ संगठनका कार्यकर्ताहरू एमसिसीको विरोध गर्दै प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनकारीले सुरक्षा घेरा नाघेर प्रहरीमाथि ढुंगा प्रहार गरेपछि प्रहरीले जवाफी कारबाहीस्वरूप पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ।

भिड नियन्त्रणका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरेको छ।