टुँडिखेलमा यसरी मनाइयो प्रजातन्त्र दिवस तस्बिरमा

फागुन ७ काठमाडाै । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवस–२०७८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।

यसैबीच शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिकमञ्‍च टुँडिखेलमा विशेष समारोह आयोजना गरियो।

सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानसेनापति मन्त्रीलगायत उच्च पदस्थ सरकारी अधिकारीको उपस्थिति थियो।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।